पोखरा । श्री नागेश्वर महादेव मन्दिर बिकाश समिती, पोखरा १३ आर्वा मणीदिपको आज सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनले बिष्णु प्रसाद बरालको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा वेदनाथ अधिकारी, सचिव शिबराज बराल, सहसचिव तारा बराल तथा कोषाध्यक्षमा बिमला बस्नेत चयन भएका छन्।त्यस्तै समितिका सदस्यहरुमा माधवप्रसाद सिग्देल, कृष्ण प्रसाद अधिकारी, पदमराज बराल र रिता बराल छानिनु भएको छ। समितिमा दुई सदस्य पछि मनोनित गरिने बताईएको छ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३का वडा अध्यक्ष किरण बरालले आफ्नो कार्यकालको बाँकी चार वर्ष भित्रमा आर्वाका सबै सडकहरु कालोपत्रे गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आर्वाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मणीदिपलाई आगामी वर्ष देखि नै गुरुयोजना निर्माण गरि अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध धाम का रुपमा बिकास गर्न आँफु लागि पर्ने बताए।
अध्यक्ष बरालले वडा,प्रदेश तथा संघिय सरकार संग समेत यस क्षेत्रको बिकाशको लागि आवश्यक पहल गरेर अगाडि बढ्ने जानकारी दिए। मणीदिपको महत्व र यसको महिमालाई थप उचाईमा पुर्याउन सबैले साथ दिनु पर्नेमा समेत अध्यक्ष बरालले जोड दिए ।
श्री नागेश्वर महादेव मन्दिर विकास समिति पोखरा १३ आर्वा मणीदिपका अध्यक्ष नर बहादुर बरालको अध्यक्षतामा भयको कार्यक्रममा मन्दिर बिकाश समिती मणीदिपका संरक्षक स्वामी शिवनाथ गिरी , बिश्व हिन्दु महासंघ कास्कीका वरिष्ठ उपाध्यक्ष भिम बहादुर बराल, समितिका सल्लाहकारहरु बिष्णु प्रसाद बराल, हरिबहादुर बराल, राजेन्द्र प्रसाद बराल, समितिका बिशिष्ट सदस्य कृष्ण कुमारी बराल, समाजसेवी बिमला बस्नेत, अमलाचौर चापडाडा टोल बिकाश समितीका अध्यक्ष ईन्द्रराज बराल, अमरज्योति आधारभुत बिध्यालयका प्रधानाध्यापक बिमल बहादुर बराल, सुर्योदय आमा समुहकी अध्यक्ष तारा बराल, आशिर्वाद युवा क्लवका अध्यक्ष बिक्रम बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष नर बहादुर बराल द्वारा प्रस्तुत वार्षीक प्रगति प्रतिवेदन, सचिव शिबराज बराल द्वारा प्रस्तुत सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष मधु बराल द्वारा प्रस्तुत आ व ०७८्र०७९को आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
समितिका उपाध्यक्ष वेदनाथ अधिकारीले स्वागत् मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव शिबराज बरालले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







