आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८० मा प्रकाशित




आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा सञ्चालित महिला लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन सबैको सामूहिक प्रयास आवश्यक छ । हिंसा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, छाउपडीलगायत सामाजिक, सांस्कृतिक प्रथा अहिले पनि कायमै छन् ।

दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।