महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढामगरलाई सम्मान


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८० मा प्रकाशित




काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ ।

मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पु्याएको योगदानस्वरुप सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताए।

“आत्मविश्वास, त्यो साहसकै कारणले आज अपाङ्गता भएका व्यक्तिले पु¥याएको योगदान विश्वसामु पुगेको छ । अपाङ्गता भएकै कारण निराश हुनुभएका व्यक्तिहरुको आत्मविश्वास वृद्धि गर्न यस सन्देशले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने।

विश्व कीर्तिमान राख्न सफल हुनुभएका बुढाले मन्त्रालयले गरेको सम्मान आफूलाई मात्र नभई सम्पुर्ण अपाङ्गता भएका व्यक्तिलाई हो,उनले भने ।

“मैले पाएको यो सम्मान मलाई मात्र नभई सम्पुर्ण अपाङ्ग व्यक्तिलाई गरेको महसुुस भएको छ । हामी पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वास सबै अपाङ्गता भएका व्यक्तिमाझ पुगेको छ”, बुढामगरले भने। अपाङ्गता भएका व्यक्तिको सहजताका लागि अपाङ्गतामैत्री कार्यलय, सडक, पार्किङ लगायतका अन्य सुविधामा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।