आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको रहित दिवस मनाईंदैछ । हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ ।
सुर्तीजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने डाक्टरले बताएका छन् ।क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूम्रपान तथा सुर्तीजन्य बस्तु नखान पनि डाक्टरको सुझाव छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभइ कम्तीमा पनि शरीरका अरु १२ अंगको क्यान्सर गराउने जोखिम हुन्छ । सुर्तीजन्य पदार्थ तथा धूम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्छ ।
नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ ।
विज्ञापनमा नियमनमार्फत् सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सरकारले मुख्यतः दुईवटा माध्यम अपनाएको छ ।सञ्चारमाध्यमहरुमा सुर्तीजन्य पदार्थको विज्ञापनमा रोक अर्को सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा सन्देशमूलक चित्र राख्नैपर्ने ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







