जेठ १९ पोखरा । पोखराको मदरल्याण्ड माविमा विद्यार्थी सम्मान तथा प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मदरल्याण्डबाट कक्षा १२ सकेर उच्च शिक्षाका लागि नाम चलेका विदेशी कलेज तथा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई विद्यालयमा सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको हो । विद्यार्थीलाई गण्डकी विश्वविद्यालयका कूलपति प्रध्यापक डा.गणेशमान गुरुङले सम्मान गरे । उनले विश्व चर्चित विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर अध्ययन गर्ने नेपाली विद्यार्थीहरू बिरलै भएका र तीमध्ये मदरल्याण्डबाट यति धेरै विद्यार्थीले विदेशका विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकामा प्रशंसा गरे । विद्यार्थी केन्द्रित प्रयोगात्मक शिक्षामा विशेष जोड दिइने भएकाले अहिले धेरै विद्यार्थी विदेश अध्ययनमा जाने गरेको बताए ।
विद्यालयले सम्राट ढुङ्गाना, विभूषी तिमिल्सिना दीक्षा गिरी, निशान्त चौधरी, सन्देश आचार्य, आलोक पौडेल र प्रशान्त भण्डारीलाई सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयबाट यस वर्ष मात्र दस जोड दुई पूरा गरेका चौध जना विद्यार्थीहरू पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको जनाइएको छ ।
यसैविच कार्यक्रममा विद्यालयले भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरेको गण्डकी प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता शुरु भएको छ । भोलिसम्म चल्ने उक्त प्रतियोगतामा गण्डकी प्रदेशभरिबाट चालिस समूहको सहभागिता रहेको कार्यक्रम संयोजक तथा गणित शिक्षक विष्णु गौतमले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन शुक्रबार सहभागी सम्पूर्ण विद्यार्थीलाई हाजिरी जवाफसम्बन्धी अभुमुखीकरण गरिएको छ ।
विद्यालयका अङ्ग्रजी विषयका विभागीय प्रमुख बामनकुमार घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य नारायण बराल, निर्देशक त्रिभुवन शर्मा तथा सम्मानित विद्यार्थी सम्राट ढुङ्गानालगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







