पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले आफ्नो स्थापनाको २५औं वर्षको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी र शिक्षकसहित १०० जनाले रक्तदान गरेका छन् ।
पोखराका अग्रज समाजसेवी, शिक्षासेवी तथा व्यवसायी अशोक पालिखेको संयोजकत्वमा सन् १९९१ म पोखरा १४ छिनेडाँडामा स्थापना भएको कलेजले हस्पिटालिटीको क्षेत्रमा चाहिने दक्ष जनशक्ति तयार पारिरहेको छ ।
व्यावसायीक शिक्षाका साथसाथै सामाजिक उत्तरदायीत्वलाई आत्मसाथ गर्दै स्वास्थ्य र जीवनसंग गाँसिएको सेवा अन्तर्गत कलेज स्थापनाको २५ औं वर्षको अवसरमा बृहत् रक्तदान गरिएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।
रगतको सट्टामा दिन मिल्ने भनेको रगत नै हो । हालसम्म यसको बैकल्पको रुपमा अर्को पदार्थ पत्ता लागेको वा बनाउन सकिएको छैन । रगतको आवश्क्ताको परिपूरण गर्ने पदार्थ रगत नै भएकोले यस्तो पुन्य काममा अघि सरेको बताए ।
रेग्मीले कलेजले कलेज स्थापनाको अवसरमा पारेर कार्यक्रम आयोजना गरेको र यसलाई भविष्यमा एउटा क्यालेण्डर नै बनाएर नेपाल रेडक्रस सोसाटईटी, रक्त संचार सेवा गण्डकीसंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
रक्त संचार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले कलेजले रक्तदान कार्यक्रम आयोजना गरेर ठूलो गुण लगाएको बताए । कलेजका युवा विद्यार्थीहरु रक्तदानमा सहभागि भएकोमा निकै खुसि लागेको बताए । उनले भने, तपाँईहरु हस्पिटालिटीको क्षेत्रका मान्छेहरु, सन्तुलित आहारको व्यवस्थापन गर्ने क्षेत्रका भएकोले म भन्छु तपाँईहरु नै रगत बनाउने कारखाना हो ।
रगतदान गर्दा कुनै पनि किसिमको हानि नहुने बरु स्वास्थ्यके लागि फाईजनक भएको बताए । ज्ञवालीले गर्मि महिनामा रगतको अभाव पनि भईरहेको बेलामा आयोजित रक्तदान निकै महत्वको भएको बताए ।
यसअघि कार्यक्रमको शुरुआत पहिलो रक्तदाता विद्यार्थी स्लोक ताम्रकारलाई ब्लडब्याग हस्तान्तरण गरि गरिएको थियो । कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले ताम्राकारलाई सो ब्लडब्याग हस्तान्तरण गरेका थिए । कार्यक्रम कलेजका प्रिन्सिपल प्रकाश रेग्मीको अध्यक्षतामा भएको थियो भने संचालन विद्यार्थी सोनिया श्रेष्ठले गरेकी थिईन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







