पोखरा । ५० औं विश्व वातावरण दिवसको उपलक्ष्यमा माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय नदीपुरले विद्यालय हाता तथा विद्यालय वरपरका मुख्य सडक र चोकहरुको सरसफाइ गरेको छ ।
वातावरण प्रदूषण विरुद्ध जनचेतना जगाउने प्लेकार्डसहित कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा शिक्षकहरुको उक्त सरसफाइ कार्यक्रममा सहभागीता रहेको थियो ।
पोखरा महानगरपालिका वडा नं ३ का वडा सदस्य सनकमान सि.के.,अस्थायी प्रहरी बिट पोखरा महानगरपालिका वडा नं ३ का इन्चार्ज प्रहरी हवल्दार देवबहादुर घर्तीमगर पनि उक्त सरसफाइ कार्यक्रममा सहभागी भएका थिए । प्लाष्टिक प्रदूषण विरुद्ध लागौं भन्ने नाराका विषयमा विद्यालयका वातावरण विज्ञान शिक्षक अञ्जिता सुनारले घरबाट नै वातावरण प्रदूषणका बारेमा जनचेतना फैलाउनु पर्नेे बताएकी थिइन् ।
विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले सरसफाइका सामग्री जनप्रतिनिधि सनकमान सि.के.लाई हस्तान्तरण गरी कार्यक्रम सुरु गरिएको थियो । वातावरण प्रदूषण न्यूनीकरण गर्नमा विद्यार्थीको भूमिका हुने भएकाले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई सो कार्यक्रममा सहभागी गराइको विद्यालय निर्देशक अशोक शाहीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







