सृजना मा.वि.मा टेबुल टेनिस प्रतियोगिता सञ्चालन गरिने


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. ८, सृजनाचोक, शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा गठित सृजना लिडर्स क्लबको आयोजनामा असार १ र २ गते प्रदेश स्तरीय ‘एस.ई.ई. टेबुल टेनिस प्रतियोगिता–२०८०’ सञ्चालन गरिने भएको छ ।

विद्यार्थी खेलाडीहरूको सृजनशील क्षमता प्रस्फुटन गराउने उद्देश्यका साथ शैक्षिक सत्र २०७९ को एस.ई.ई. परीक्षा दिएर बसेका छात्र÷छात्राहरूका बिच उक्त प्रतियोगिता सञ्चालन गर्न लगिएको कुरा प्रतियोगिताका संयोजक अञ्जन थापाले बताए ।

सृजना सेकेण्डरी स्कुलमा सञ्चालन गर्न लगिएको उक्त प्रतियोगिताका लागि २२ गतेदेखि ३० गतेसम्म टिम दर्ता खुल्ला गरिएको र दर्ता फारम स्कुलबाट वितरण भइरहेको छ । टिम दर्ताका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता छात्र÷छात्रा तर्फबाट सिङ्गल र डबल इभेन्टमा सञ्चालन गरिने तर प्रतियोगीले कुनै एक इभेन्टमा मात्र भाग लिन पाइने छ । टिम दर्ता गर्दा एस.ई.ई.२०७९ को प्रवेश पत्रको प्रतिलिपि र एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (दुईजना) स्थान हासिल गर्नेलाई क्रमश ः ५ हजार ,३ हजार ,१ हजार पाच सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९७४५२८७२४१, ९८४२२७७०५४ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।