पोखरा । पेन्सन बितरण कार्यालय रामबजार पोखरामा सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले मंगलवार नृत्य समर्पण कार्यक्रम “नृत्यान्जली” प्रस्तुत गरेका छन् ।
आजादीको अमृत महोत्सवको अवसर पारेर स्वामी बिबेकानन्द कल्चरल सेन्टर भारतीय दुतावास काठमाण्डौले पेन्सन क्याम्प पोखरामा भरतनाट्यम नृत्य प्रस्तुत गरेको हो । कार्यक्रममा भरतनाट्यम नृत्य सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रस्तुत नृत्यको गुरु विदुषी कन्चन सत्यवन्तले निर्देशन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची , बिशेष अतिथि नेपाली सेना पश्चिम पृतनापति मेजर जनरल दिपककुमार बानिया र भारतीय पेन्सन कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बघेलले कलाकारहरुलाई सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







