पोखरा । पोखरा वडा नं. ५ स्थित धर्मस्थली आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसर पारि उक्त विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेका हुन् । उनले ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।
विगत सात वर्ष देखि निद्रेशक तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको धर्मस्थली आधारभूत विद्यालयमा आमा र दाजु संगै जाने र त्यहा अध्ययनरत विद्यार्थिलाई केहि स्टेशनरी सामाग्री वितरण गर्ने र आफुलाई वाल्यकालमा अध्ययन गराएका गुरुहरुको आशिर्वाद लिने गर्दै आएका छन ।

विद्यालयको निमित प्रध्यानाध्यापक निर्मला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकै पुर्व प्रध्यानाध्यापक केदारनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तिमिल्सिनाका आमा पार्वती तिमिल्सिना लगाएत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेकोे थियो भने कार्यक्रमको सञ्चालन शिक्षक हरीशचन्द्र अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको…





