टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०८० मा प्रकाशित




पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट खेलाडिको छनोट प्रतियोगिता विहिबार पोखरामा सम्पन्न भएको छ ।

पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दिपकराज गिरी तथा महिला तर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र प्रजिता मुडभरी छनोट भएका छन् ।

विहिबार छनोट भएका खेलाडिहरु यहि जेठ ३० र ३१ गते हुन गइरहेको गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुने कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले वताए ।

उक्त छनोट प्रतियोगितामा कास्की जिल्लाका २४ पुरुष र १२ महिला खेलाडीहरुको सहभागिता रहेको टेबुलटेनिसका प्राविधिक समितिका सदस्य रजन सुब्बाले वताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।