कञ्चन क्यापिटल प्रालिले असार ४ गते रक्तदान आयोजना गर्ने


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित




पोखरा ।कञ्चन क्यापिटल प्रा लि ले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
 
संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा असार ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । 
‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा केहि रचनात्मक कार्यक्रम गरौं भन्ने योजना थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’
उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको  छ ।
 
आउदो सोमबार बिहान ८ बजेदेखि रक्तदान सुरु हुने छ भने रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गर्ने छ । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।