माउण्ट अन्नपूर्णमा शिक्षक तथा विद्यार्थीलाई दुई दिने प्रशिक्षण कार्यक्रम


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित




पोखरा,२९ जेठ । माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षकहरु तथा विद्यार्थीहरुलाई दुई दिने प्रशिक्षण दिएको छ ।

शिक्षण उत्कृष्टता प्रशिक्षण साथै कक्षाकोठा व्यवस्थापन,रणनीति, शिक्षण प्रविधिमैत्री र सजगता र कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई सिकाइलाई कसरी प्रभावकारी र सरल बनाउन सकिन्छ,परीक्षाको तयारी कसरी गर्ने,पढेका विषयवस्तुलाई कसरी स्मरण गर्न सकिन्छ भन्ने विषयमा एक–एक दिवसीय प्रशिक्षण प्रदान गरेको हो ।

प्रशिक्षकद्धय सुवास पौडेल र विद्यालयका संस्थापक तेज गुरुङले उक्त प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले प्रशिक्षणको औचित्यमाथि स्पष्ट पारेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका संस्थापकहरु चीजकाजी गुरुङ,अशोक शाही, चित्र गुरुङले समेत शिक्षण सिकाइ सम्बन्धी धारणा व्यक्त गरेका थिए ।

महेन्द्रपुलस्थित रोयल साकुरा रेष्टुरेन्टमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गले आफ्नो मन्तब्यसहित प्रमाणपत्र वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।