यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू. चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् । आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूह दुई सय ७६ दशमलव ६० र निर्जीवन बीमा समूह दुई सय २४ दशमलव ९० अङ्कमा कायम भएको छ । बैंकिङ समूह सात दशमलव ३६, विकास बैंक ५८ दशमलव १४, वित्त ३६ दशमलव ९२, होटल तथा पर्यटन एक सय तीन दशमलव ७६, जलविद्युत् ४८ दशमलव ५७ र लगानी समूह एक दशमलव ३६ अङ्कले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन दुई सय २१ दशमलव ५७, लघुवित्त ९६ दशमलव ७०, म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार ६१ दशमलव ५० र अन्य समूह १५ दशमलव ५३ अङ्कले बढेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता तीन दशमलव ९३ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







