पोखरा लेडिज जेसिजको सप्ताहाब्यापी सौन्दर्य तालिमसुरु


     एभरेस्ट आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित




पोखरा लेडि जेसीजको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा “सिप सिकौ आत्मनिर्भर बनौ “ भन्ने उद्देश्यले बुधवार देखि सप्ताहब्यापी सौन्दर्य तालिम हिजो बुधवार देखी सुरु भएको छ ।
जेसीआई पोखरा लेडि बर्ष २०२३ का अध्यक्ष जेसी लक्ष्मी कुँवरको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा सप्ताहब्यापी सौन्दर्य तालिम सुरु भएको हो ।


सौन्दर्य तालिम पोखराको महेन्द्रपुल स्थित निभा गल्लिमा रहेको क्यासल युनिसेक्स सलुन तथा मेकअप स्टुडियोको सभाकक्षमा प्रमुख प्रशिक्षक तथा व्युटिसियन ज्योति बराईललाई प्रमुख अतिथि बरालद्वारा सामाग्रीहरु हस्तान्तरण गरी कार्यक्रमको समुदघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले पोखरा लेडि जेसीजसँग सहकार्य गरेर महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।


प्रमुख प्रशिक्षक ,व्युटिसियन ,तथा क्यासल युनिसेक्स सलुन तथा मेकअप स्टुडियोका प्रोपाइटर ज्योति बराईलीज्यूलाई प्रमुख अतिथि द्वारा सामाग्रीहरु हस्तान्तरण गरी कार्यक्रमको समुदघाटन गरिएको थियो जसमा सह प्रशिक्षक हेयरड्रेसर तथा क्यासल युनिसेक्स सलुन तथा मेकअप स्टुडियोका म्यानेजिङ डाइरेक्टर कृष्ण सिल्पाली रहेका थिए ।

कार्यक्रममा पोखरा लेडि जेसीज बर्ष २०२३ का निवर्तमान अध्यक्ष, नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय ब्चभब ‘द्य’ त्जझभ म्ष्चभअतयच जेसी लक्ष्मी अधिकारी , पोखरा लेडि जेसीजका पूर्व अध्यक्ष सिता पाण्डे, श्री लक्ष्मी गुरुङ, जेसी सपना गिरी र पोखरा लेडि जेसीजका सदस्यहरू एवं प्रशिक्षार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


स्वागत मन्तब्य कार्यक्रम संयोजक जेसी रेजिना कटुवालले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन पोखरा लेडि जेसीजका सचिव जेसी अनिता थापाले गरेकी थिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।