गण्डकी प्रदेश सरकारले प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि प्रस्तावित कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।
विनियोजित बजेटबाट ती क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि वातावरणीय सम्भाव्यता अध्ययन, जग्गाको भोगाधिकार प्राप्ती र पूर्वाधार निर्माणका लागि खर्च गरिने अर्थमन्त्री आलेले बताए ।
त्यस्तै, गोरखाको च्याङलिङमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







