बालबालिका र ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशालामा निःशुल्क गर्न बजेट विनियोजन


     एभरेस्ट आवाज    
     असार १ गते २०८० मा प्रकाशित




गण्डकी प्रदेश सरकारले बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले १० वर्ष मुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरुमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनका अनुसार उनीहरुको ओपिडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क प्रदान गर्न बजेट विनियोजन गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।