पोखरा । पोखरा स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयको आयोजनामा आयोजित खुल्ला ईन्ट्रा फुटसल प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा आजदेखि दोस्रो चरणका खेलहरु सुरु भएका छन् ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि शुक्रबार देखि सुरु भएको सो प्रतियोगितामा ७६ टिमको सहभागिता रहेको छ । जस अन्तर्गत बागलुङ,स्याङजा,पर्वत,लमजुङ तथा तनहुँबाट खेलाडीहरुले सहभागिता जनाएका छन् ।
शुक्रबार २८ टिमले प्रतिस्पर्धा गरेको थिए भने आज विहान ८ वटा टिमले प्रतिस्पर्धा गरेको खेल संयोजक हरि ढकालले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः२० हजार,१० हजार,५ हजार नगदसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै खेलमा उत्कृष्ट खेल प्रदर्शन,उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई आयोजकको तर्फबाट आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







