पोखरा । पोखरामा जापानीज मार्शल आर्ट आईकिडोको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आईकिडो आइकिकाई संघ नेपालको आयोजना र रोट्रयाक्ट क्लव अफ पोखरा गण्डकी मेडिकल कलेजको संयोजनमा कार्यक्रम शनिबार भएको हो ।
कार्यक्रममा पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका २२ जना मेडिकल विद्यार्थीहरको सहभागिता रहेको आईकिडो आइकिकाई संघ नेपाल गण्डकी प्रदेशका सचिव विनय श्रेष्ठले जानकारी दिए । प्रमुख प्रशिक्षक समेत रहेका श्रेष्ठले आत्मसुरक्षासम्बन्धी ३ घण्टा लामो सैद्धान्दिक तथा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
आत्मसुरक्षा सम्बन्धित प्रशिक्षणमा सहभागी भएका विद्यार्थीहरुले विशेष चासोसहित प्रशिक्षणमा सक्रियतापूर्वक सहभागीता जनाएको कार्यक्रम संयोजक रोट्रयाक्ट क्लव अफ पोखरा गण्डकी मेडिकल कलेज ( जीएमसी ) का अध्यक्ष अनुपा वाग्ले जानकारी दिइन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







