सांकेतिक तस्बिर ।
दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।
उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को ९च० अन्तर्गत धामी झाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







