परिचयकर्मी तथा गायक बस्यालले जिते सर्वोत्कृष्ट राष्ट्रिय गीतबाट अवार्ड


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




कास्की । कास्की खबर डटकमको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय संगीत अवार्ड कार्यक्रम आयोजना भएको छ। उक्त अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय गीत विधाबाट परिचयकर्मी एवम् गायक सन्तोष बस्यालले अवार्ड हात पारेका छन्।

३७ विधामा अवार्ड बाडिएको अवार्डमा गायक बस्यालले ‘वीर नेपाली’ गीतबाट सर्वोत्कृष्ट राष्ट्रिय गीतमा पाएका हुन् । उनले पहिलो पटक अवार्ड हात पारेका हुन् ।

१२ वर्ष देखि संगीत क्षेत्रमा सक्रिय रहेका गायक बस्यालले ‘मैले तिमीलाई माया गर्दा’ गीतबाट औपचारिक रुपमा गायनमा लागेका हुन्। उनको रेशम फिरिरी, ढाट्यो मायाले, बस है पियारी लगायतका गीत रेकर्ड भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।