सहारा वाल आधारभूतको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा थकाली


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा स्थित सहारा वाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा वसेको वैठकले सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीलाइ सर्वसम्वत निर्वाचित गरेको हो ।

अभिभावकहरुको गत जेठ १९ गते भएको भेलाले विकास बराल, जुना दर्जी र रामु बस्नेत त्यसैगरी वडावाट मोनित सदस्यहरु ठाकुर प्रसाद काप्री,समाजसेवी, वुद्दिजीवी एवम चन्दादाताहरुको तर्फवाट शुशिल लामिछाने ,शिक्षक प्रतिनिधि रुद्र बहादुर कार्की राजु र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन भएका छन्।

विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मि र वडा सदस्य नन्दराम गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयको चौतर्फी विकासका बारेमा छलफल भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।