पोखरा ३० मा विद्यालयस्तरिय चित्रकला प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     असार ७ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगर सामाजिक शाखाको आयोजना र पोखरा महानगर वडा नं ३० को सयोंजनमा पोखरा ३० मा बालकालिकाहरुका लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना सलोनि मिश्र (त्रिभुवन शान्ति विद्यालय), स्मारिका बिश्वकर्मा (गुरुकुल बिद्याश्रम), अकिंता सुनार (गोल्डेन नेचर बोर्डिङ्ग स्कुल), सपना थापा (न्यु लाईट बोर्डिङ्ग स्कुल) र बिनोद थापा (शहिद स्मारक आधारभूत विद्यालय) रहेका छन् ।

वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताए ।

विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका सयोंजक वडा सदस्य भिमकुमारी पुन मगरले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताइन् । वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने मगरले बताइन् ।

प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताए ।

अन्य निर्णायकमा वडा सचिव बलराम पाठक र पत्रकार एवम् कलाकार ज्योति हमाल थिए ।

वडा सदस्यहरु मंगलकाजी मानन्धर, विनोद प्रसाद लामीछाने र उमा परिपार, बाल संरक्षण समिति सदस्य दिक्षा पून, वडा बाल मञ्चका पुर्व अध्यक्ष रश्मि गौतम लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने बताए । प्रतियोगितामा वडा नं ३० का ७ विद्यालयका १३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।