आइसीसी विश्वकप एकदिवसीय क्रिकेट : नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित


     एभरेस्ट आवाज    
     असार ७ गते २०८० मा प्रकाशित




असार ७ काठमाण्डौं । आइसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट अन्र्तगत नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ ।

जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए ।

यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

प्रतियोगिताको पहिला खेलमा नेपाललाई जिम्बाबेले ८ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग यही शनिबार खेल्दैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।