पोखरा, असार ८
पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनिया दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवातालमा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ शुरु भएको हो । दुई दिनसम्म चल्ने फेष्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे ।
दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको फेष्टिभलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले फेष्टिभलले नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने बताए । उनले नेपाल र चीन बीचको सम्बन्ध सम्राट अशोक र भृकुटीको पालादेखि रहेको बताउँदै उनले भने,‘न नेपालले सम्राट अशोकलाई बिर्सन सक्छ नत चीनले भृकुटी र अरनिकोलाई बिर्सन सक्छ । योत हाम्रो सदियौंदेखिको सम्बन्ध हो । यो सम्बन्ध बरु थप बलियो र सुमधुर हुँदै जान्छ ।’
मन्त्री किराँतीले चीनिया पर्यटकलाई हिमाल भन्दा अग्लो र सागर भन्दा चोखो माया दिएर स्वागत गर्न चाहेको बताए । उनले नेपाल चीनको एक नीतिप्रति दृढ रहेको स्पष्ट पारे । उनले सयमसँगै सम्बन्धको सुत्रहरु थपिदै जाने बताए ।
नेपालका लागि चीनिया राजदुत चाङ सुनले चीनको परम्परागत फेष्टिभल नेपालमा ल्याउँदा सांस्कृतिक सम्बन्ध स्थापित गर्न मद्धत पुगेको बताए । ‘जनता जनताबीचको सम्बन्ध स्थापित गर्न सघाउ पुग्नेमा विश्वस्त छु’–उनले भने । फेष्टिभलले नेपाल र विशेष गरेर पोखराको पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिभलले नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने बताए । चीनीया संस्कृति नेपाल भित्राउँदा नेपाल चीन सम्बन्धमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । ‘अन्ततःयसले पर्यटनमा पनि सघाउ पु¥याउँछ’–उनले भने । उनले चीन छिमेकी देश भएको र नजिकपनि भएकाले चीनीया पर्यटकबाट आफूहरु आशावादी रहेको बताए । साथै उनले चीनबाट अब पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा नियमित उडान हुने विश्वासपनि व्यक्त गरे ।
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले फेष्टिभलले चीन र नेपालका जनता जनताबीच सम्बन्ध गाँस्न कडी बन्ने बताए । यसलाई प्रत्येक वर्ष गर्नुपर्ने र त्यसका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । कोभिडको प्रभावले थलिएको पर्यटनमा यसले उत्साह थप्ने उनको विश्वास छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेष्टिभलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अन्र्तराष्ट्रिय फ्लाईट गर्ने अवसर जुराईदिएको बताए । उनले आगामी दिनमा प्रत्येक वर्ष राष्ट्रिय स्तरको एउटा र प्रत्येक २ वर्षमा अन्र्तराष्ट्रिय स्तरको एउटा प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए ।
पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेको फेष्टिभलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगी छन् । दुइसय र पाँचसय मिटरमा गरि दुई भागमा आठ वटा बोट रेस हुनेछ ।
प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने चिनियाँ पदाधिकारीले जनाएका छन् ।
फेस्टिभलको क्रममा दुवै देशका सांस्कृतिक प्रस्तुती र खानाको प्रदर्शनी गरिएको छ । जहाँ नेपाली र चिनिया खानाका परिकारहरु राखिएका छन् । चीनले यसअघि यसप्रकारको बोट फेस्टिभल ५० भन्दा बढी देशहरुमा आयोजना गरिसकेको जनाएको छ । यो प्रतियोगितालाई एशियन गेममा पनि सहभागि गराइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







