पोखरा, असार ८
पोखरामा शुरु भएको नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’को दुई सय मिटर बोट रेस स्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिम(पहेंलो) ले अग्रता बनाएको छ ।
दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा रहेर पहिलो दिन आफ्नो अग्रता बनाएको हो । सिचुवानले पहिलो चरण ५३.६८ सेकेण्ड र दोस्रो चरणमा ५५.१३ सेकेण्डमा २ सय मिटर पार गरेको थियो ।
पोखरा महानगरपालिका, नेपालस्थित चिनिया दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा शुरु भएको बोट रेसमा पहिलो दिनको दुई सय मिटर प्रतिस्पर्धामा नेपाली नारा ड्रागन बोट टिम(रातो) दोस्रो स्थानमा रहँदै सिचुवान ड्रागन बोट रेसलाई पछ्याउँदै छ ।
नेपाली टिमले १ मिनेट ५३.१४ सेकेण्डको समयमा पुरा गरेको थियो । पहिलो चरण ५७.१८ सेकेण्डको समय लगाउँदा दोस्रो चरण ५५.९६ सेकेण्डमा पुरा गरेको थियो ।
बोट रेसको तेस्रो स्थानमा भने युनान ड्रागन बोट टिम(सेतो) चीन रहेको छ । जसले १ मिनेट ५५.७७ सेकेण्डको समयमा दुईसय मिटर पुरा गरेको थियो । चौथो स्थानमा नेपाली टिम एनआरसिए ड्रागन बोट टिम रहेको छ ।
१ मिनेट ५६.९२ सेकेण्डको समयमा पुरा गरेको थियो । पाँचौ स्थानमा नेपालकै फेवालेक ड्रागन बोट टिम आएको छ । फेवालेकले २ मिनेट ०१.२५ सेकेण्डको समयमा पुरा गरेको थियो । छैटौं स्थानमा नेपालकै पोखरा महानगर ड्रागन बोट टिम रहेको छ । महानगरको टिमले २ मिनेट ०१.८६ सेकेण्डको समय लगाएको थियो ।
सातौं स्थानमा सिंगापुरको एसजी ड्रागन्स रहेको छ । सिंगापुरे टिमले २ मिनेट ०५.१७ सेकेण्डको समय लगाएको थियो । अन्तिम स्थानमा नेपाल–चीन फ्रेण्डसिप ड्रागन बोट टिम नेपाल रहेको छ । अन्तिममा रहेको टोलीले २ मिनेट ०८.७६ सेकेण्डको समयमा पुरा गरेको थियो ।
अब भोलि ५ सय मिटर ड्रागन बोट रेस स्पर्धामा प्रतियोगीहरु भिड्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







