पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ ।
आर्थिक दूरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिकसत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।
विद्यार्थीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पोखरा उद्योग वाणिज्य सङ्घका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापालगायतले शनिबार आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य थापाले विद्यार्थीलाई विद्यालय नछाड्न आग्रह गर्दै आवश्यकतानुसार सघाउने विश्वास व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले घरेलु कामदारका रूपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे।
महासचिव बलराम आचार्य, बालश्रम न्यूनीकरण कार्यक्रमका परियोजना अधिकृत प्रिती पाण्डे, सुफल घिमिरेलगायतले पढ्न पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको र समाजमा कोही पनि यसबाट बञ्चित हुन नहुनेमा जोड दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







