पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालियो


     एभरेस्ट आवाज    
     असार १० गते २०८० मा प्रकाशित




असार १० काठमाण्डौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको छ ।

आइतबार साँझ पशुपतिनाथ मन्दिरको जलहरी अख्तियारको टोलीले जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेरमात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायीरूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाण्डौ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।