यूट्युबर राजकुमार पक्राउ, वानएक्स बेटको प्रचार गरेको आरोप


     एभरेस्ट आवाज    
     असार १० गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

असार १० काठमाडौं । मोटो भ्लगर राजकुमार थापामगर वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका छन् ।

शुक्रबार काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजकुमार थापा मगरबाट परिचित यूट्यूवर राजकुमार तामाङलाई पक्राउ गरेको हो ।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमार यूट्यूवमार्फत मोटो–भ्लगिङ गर्दै आएका छन् ।
यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ ।

पक्राउ परेका उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको प्रहरीको आरोप छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।