रोट्रयाक्ट फिस्टेलले मनायो १७ औं स्थापना दिवस, कास्की कारागारमा प्याड बितरण


     एभरेस्ट आवाज    
     असार १५ गते २०८० मा प्रकाशित




रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेल क्लवले आफ्नो स्थापना दिवस को अवसर पारेर कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड बितरण गरेको छ । आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा रोटा वर्ष २२/२३ कि अध्यक्ष डिम्पल क्षेत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्षेत्रीले आफूहरु पनि सबै महिलामात्रै रहेको र बिशेषतः स्वास्थ्य क्षेत्रमा रहेको महिलाहरु रहेकाले महिलाहरु जुन जस्तो ठाउँमा भएपनि स्वास्थ्य महत्वपूर्ण कुरा रहेकाले आफूहरुले सचेतना साथसाथै स्यानिटरी प्याड र टिसर्ट हस्तान्तरण गरेको बताइन् । कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सई सुशिल घिमिरे ,नाइके साथै क्लवका सदस्यहरु कुनै उपस्थिति रहेको थियो। कारागार प्रमुख भिमराज घिमिरेले एउटा महिलामैत्री क्लवले जेलभित्र रहनुभएका दिदीबहिनीहरूको समस्या बुझेर गर्नुभएको सहयोग सह्रानीय रहेको बताए ।
उक्त कार्यक्रममा क्लवले आफ्नो ९ संस्थापक सदस्यहरु मध्ये उपस्थित विमला भण्डारी, विष्णु सुवेदी र रोशनी शर्मालाई सम्मान गरेको थियो ।

सम्मानित बिमला भण्डारीले आफूहरूले स्थापना गरेको क्लब १७ औं वर्षमा प्रवेश गरेको र समाजमा अतुलनीय योगदान गरेकोमा आफुहरुलाई गर्व महसुस भएको बताइन् । रोटरी क्लब पोखरा पोखरा फिस्टेलका अध्यक्ष, आगामी वर्षका अध्यक्ष , संस्थापक सदस्यहरु अन्य रोट्रयाक्ट क्लबका अध्यक्षहरु, क्लबका कार्यसमिति सदस्य, सदस्यहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको थियो । कार्यक्रम संयोजक एलिसा आचार्यको संयोजनमा भएको कार्यक्रममा , क्लवका अध्यक्ष डिम्पल क्षेत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा शुक्रवार कारागारमा स्यानिटरी प्याड हस्तान्तरण गर्दै स्थापना दिवसको शुभकामना आदान(प्रदान कार्यक्रम आयोजना गर्न पाएकोमा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने संस्थापक अध्यक्ष ,सम्पूर्ण संस्थापक सदस्य ज्यूहरु , पुर्व अध्यक्ष रोटरियन, डिआरआर, जेड्आरआर, बोर्डका कार्यसमिति सदस्य ,साधारण सदस्य लगायत आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिँदै आगामी अध्यक्ष लगायतको टिम लाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।