पोखरामा अपाङ्गता भएका व्यक्तिहरुका लागि तालिम तथा विविध सामग्री वितरण


     एभरेस्ट आवाज    
     असार १६ गते २०८० मा प्रकाशित




असार १६ पोखरा । आवाजविहिन जनताको साथी संस्था, पोखरा नेपालले अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व विकास तथा विविध सामाग्री वितरण गरेको छ ।

संस्थाले पोखरा महानगरपालिका वडा नं. १ अपाङ्गता सञ्जालको सहकार्य तथा वडा नं. १ को आर्थिक सहयोगमा नेतृत्व विकास, तालिम तथा विविध सामग्री वितरण गरेको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले अपाङ्गता भएका व्यक्तिलाई दया र माया नभई अवसर र अधिकारको खाँचा रहेको औंल्याईन । उनले अपाङ्गतालाई आर्थिक समस्यासँग मात्रै जोडिएका समस्या आफूकहा आउने गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरुका सबालपनि पर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा सामाजिक विकास कार्यालय कास्किका प्रमुख इन्द्र बहादुर थापाले अझै पनि ग्रासरुटमारहेका अपाङ्गता भएका व्यक्तिहरूका समस्या राज्यले संभोधन गर्न नसकेको बताए ।

पोखरा महानगरपाकिला वडा नम्वर १ का अध्यक्ष साहारा प्रधानले अपाङ्गता भएका व्यक्तिहरूको समस्या सम्बोधन गर्न तयार रहेको बताए ।

आयोजक संस्थाकी अध्यक्ष शोभा पौडेलले राज्य र राज्यका अंगहरूले साथ दिइएमा आँफूहरूमा उर्जाको सञ्चार हुने र अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा हिम्मतकासाथ क्रियाशिल हुने प्रेरणा मिल्ने उल्लेख गरिन् ।

सो अवसरमा नेतृत्व विकास , अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था, उपलब्ध सेवा सुविधा र अपाङ्गता भएका बालबालिकाको लागि सम्भावना र चुनौतीका विषयमा सहजिकरण गरिएको थियो । अधिवक्ता विष्णु खनाल, श्रीकान्त सापकोटा र संस्थाका अध्यक्ष शोभा पौडेलले सहजिकरण गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष शोभा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ भित्रका करिव ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री, शैक्षिक सामग्री, मल बिउविजन, औषधी, कुखुराका चल्ला, दाना वितरण गरिएको थियो ।

वि.स. २०६६ सालमा स्थापित आवाजविहिन जनताको साथी संस्थाले समाजमा भएका अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत वर्गको आवाजको रुपमा उल्लेखनीय कार्य गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।