पोखरा । ढिकालेथर टोल बिकाश संस्था पोखरा १२ कास्कीको शनिवार सम्पन्न चौथो अधिवेशन तथा सातौ साधारणसभाले गुप्त बहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
संस्थाको उपाध्यक्ष उमरसुब्बा गुरुङ, सचिव नारायणप्रसाद सुवेदी, सहसचिव चन्द्रा आचार्य तथा कोषाध्यक्ष बलबहादुर मल्ल छानिएका छन्।
तेस्तै कार्यसमिती सदस्यहरुमा धननाथ सुवेदी, तिर्थराज आचार्य, सञ्जय आचार्य र देवी थापा चुनिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि वडानं १२का कार्यवहाक वडा अध्यक्ष सान्तबहादुर थापाले हरेक टोल विकाश संस्थाहरु बिकाश निर्माण तर्फ उन्मुख, नमुनायोग्य बन्दै अगाडी बढ्नु पर्नेमा जोड दिए।
टोल बिकाश संस्थाका अध्यक्ष गुप्त बहदुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रोशन प्रसाद श्रेष्ठले गरेका थिए। कार्यक्रममा ढिकालेथर आमा समुहकी अध्यक्ष शोभा आचार्य, ढिकालेथर सेवा समितिका पूर्व अध्यक्ष भरतबहादुर अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी की उपाध्यक्ष इन्दीरा पन्त,ढिकालेथर खानेपानी उपभोक्ता समिति का अध्यक्ष बलबहादुर कार्की लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिय।
कार्यक्रममा टोल बिकाश संस्थाका ८० वर्ष पुगेका ११जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट आमा समुह सम्मानबाट सेतीनहर आमा समुहलाई सम्मानित गरियको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







