नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्ने समाचार उनको सचिवालयले खण्डन गरेको छ।
प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले ‘रअ’ प्रमुखसँग अध्यक्ष प्रचण्डको कुनै भेटघाट नभएको स्पष्ट गरेका हुन्।
‘जुगल’ ले विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘संवेदनशील विषयमा झूट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गदर्छौं । आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न आग्रह गर्दछौं।’
भारतीय गुप्तचर संस्थाका प्रमुख गोयल बुधवार काठमाडौं आएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






