धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर रू पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ४२ करोड ५६ लाख ५४ हजार सात सय सात बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रू २७ करोड ५५ लाख ९६ हजार चार सय २७, सोल्टी होटल रू २० करोड ८६ लाख ५० हजार तीन सय १६, सूर्यज्योति लाइफ इन्स्योरेन्स रू १६ करोड ६७ लाख ५७ हजार दुई सय ९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रू १४ करोड ६८ लाख ८१ हजार आठ सय ६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल नौ दशमलव ९८, एनसिसी ऋणपत्र सात दशमलव ७८, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव ५६ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले पाँच दशमलव ४९ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सिर्जनशील लघुवित्त नौ दशमलव ३२, माउण्टेन इनर्जी नेपाल नौ दशमलव १२, गरिमा विकास लघुवित्त आठ दशमलव शून्य एक, साधना लघुवित्त सात दशमलव ५८ र गुराँस लघुवित्तका लगानकर्ताले सात दशमलव ३६ प्रतिशतले गुमाएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







