असार १७ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखाका ३७ जना गरिव तथा जेहेन्दार तमु विद्याथीलाई छात्रवृत्ति वितरण गरेको छ ।
शनिबार प्रतिष्ठानले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गर्दै लमजुङ र गोरखाका ३७ जना तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
छात्रवृत्ति वितरणका लागि शनिबार लमजुङको बेशीशहरमा प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुमा नेतृत्वका निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचिव कन्चन तमु, सह–कोषाध्यक्ष ओमबहादुर तमु र सदस्य लक्ष्मी तमुको टोली पुगेको थियो ।
यस्तै गोरखामा छात्रवृत्ति वितरणका लागि संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको नेतृत्वमा द्वितिय उपाध्यक्ष डमरबहादुर तमु, सह–सचीव भेषबहादुर तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, सदस्यहरु लोकबहादुर तमु र मणिलाल तमुको टोलीले पुगेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यसअघि पोखराका विभिन्न विद्यालयमा अध्यनरत ८३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिसकेको संस्थाका अध्यक्ष तमुले दिए ।
प्रतिष्ठानले गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि छात्रवृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिने गरि तयारी गरिरहेको प्रथम उपाध्यक्ष तमुले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







