सुनको भाउ आज सामान्य घट्यो


     एभरेस्ट आवाज    
     असार १८ गते २०८० मा प्रकाशित




सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। ।

आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।