प्रतिकात्मक तस्विर
अर्घखाँची । अर्घखाँचीको पणेनामा आज बिहान गएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ६ पाणिनि–१ पणेनाको गोहनपानीमा घर पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएका चार बालबालिका मध्य एक जनाको भने सकुशल उद्दार गरिएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले बताए । उद्दार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







