नारायणगढ–मुग्लिन सडकखण्डमाअस्थायी प्रहरी पोष्ट स्थापना


     एभरेस्ट आवाज    
     असार १९ गते २०८० मा प्रकाशित




नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिराका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन् ।

पोष्ट स्थापनापछि लाइफलाइनका रुपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपत्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने प्रवक्ता पण्डितले विश्वास व्यक्त गरे । प्रहरी पोष्ट हाल जलवीरेको देवी मन्दिरमा रहनेछ । पहिरोका समयमा सडक पुनः सञ्चालन र यात्रुलाई आवश्यक सहयोगका लागि यही असार १३ गते बसेको जिल्ला सुरक्षा समितिले पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।