असार १९ पोखरा । प्रदेश सरकार प्रदेश खेलकूद परिषद् गण्डकीद्वारा आयोजित तिन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण मंगलबार पोखरा रंगशालामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघ गण्डकीको व्यवस्थापनमा सम्पन्न तालिमको समापनमा प्रमुख अतिथि प्रदेश खेलकूद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकूदका प्रतियोगितालाई वृद्धि गरी अति शुष्म तवरबाट हरेक क्षेत्रमा फैलाउने उद्धेश्य रहेको बताए । प्रदेश खेलकूद परिषद्ले जुनियर प्रतियोगिता संचालनको लागि मात्र ७५ लाख बराबारको वजेट विनियोजन गरेको हुनाले यो क्षेत्रमा खेलकूदका गतिविधिहरुलाई अझै तिव्र प्रतिस्पर्धी बनाएर लैजाने उनले जानकारी दिए ।
नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगन बहादुर गुरुङले प्रशिक्षणमा सिकाइएको ज्ञानलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्र अपेक्षाकृत सफलता प्राप्त हुने बताए ।
कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा भएको यस तालिममा ७ वटा जिल्लाका ४३ जना प्रशिक्षकहरुको सहभागिता थियो ।
सो तालिमा सहभागी प्रशिक्षकहरुलाई सदस्य सचिव शर्मा, कार्यकारी सदस्य ऋषिराम गौतम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरेश्वर पोखरेल, गण्डकीका अध्यक्ष गुरुङ, कोषाध्यक्ष माइकल कर्मचार्य, महासचिव रमेश पौडेल, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







