पोखरामा जीपको ठक्करबाट तालचोकका प्रज्जवलको मृत्यु


     एभरेस्ट आवाज    
     असार २१ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान साढे चार बजे चाउथेमा भएको दुर्घटनामा पोखरा २७ तालचोकका ३४ वर्षीय प्रज्जवल गुरुङको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरी घाइते भएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चाउथेबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।