एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता


     एभरेस्ट आवाज    
     असार २१ गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन् ।

दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट स्वदेश फिर्ता भएका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रम सिंघेसँग गरेको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको उनको सचिवालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।