पोखरा–१५ मा वडाध्यक्षको अध्यक्षतामा वडा बाल संरक्षण समिति गठन


     एभरेस्ट आवाज    
     असार २२ गते २०८० मा प्रकाशित




पोखरा, असार २२

पोखरा महानगरपालिका वडा नम्बर–१५ मा वडाध्यक्ष तोरबहादुर बानियाको संयोजकत्वमा वडा बाल संरक्षण समिति गठन भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वय र वडाको आह्वानमा विहीबार भएको भेलाले बानियाको संयोजकत्वमा १५ सदस्यीय वडा बाल संरक्षण समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा वडा सचिव तथा सदस्यहरुमा वडा सदस्यहरु मन्दिरा परियार, बलराम पौडेल, आशिष भण्डारी र सेतीमाया गुरुङ तथा स्वास्थ्य संस्थाको तर्फबाट कृष्णप्रसाद बास्तोला, टोल विकास संस्थाका अध्यक्ष नेत्र रेग्मी, सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोईराला, वडा बालमञ्चका अध्यक्ष प्राश्ना थापा, बाल हित परियोजनाका प्रतिनिधि केशव पौडेल रहेका छन् । त्यस्तै समितिमा एसओएस बालग्राम, थ्रिएञ्जल्स नेपाल, स्वयमसेविका सरस्वती अधिकारी, साहिल थापापनि सदस्यमा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।