कुमुदिनी होम्सद्वारा एसईई उर्तिण विद्यार्थीलाई बधाई तथा शुभकामना ज्ञापन


     एभरेस्ट आवाज    
     असार २३ गते २०८० मा प्रकाशित




असार २३ पोखरा । पोखरा –४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले २०७९ एसईई परिक्षामा उतिर्ण सबै विद्यार्थीहरुलाई वधाई तथा आगमी अध्ययनका लागि शुभकामना व्यक्त गरेको छ ।

विद्यालयले शनिवार आयोजित एक कार्यक्रमका विच ९३ जना विद्यार्थी तथा उनीहरुका अविभावकलाई आगामी शैक्षिक सफलताको कामना गर्दै फूलमाला र टीका लगाई बधाई दिएको हो ।

कार्यक्रममा शिक्षा क्षेत्रमा सेवा गरीरहेका पीएन क्याम्पसका प्राध्यापक कृष्णप्रसाद तिवारीले विद्यार्थीकोलागि नभई नहुने केयरीङ तथा शिक्षण सिकाईका कुराहरुको सेयरिङका लागि कुमुदिनी होम्स नमूना विद्यालय भएको बताए ।

यो कुरा मैले त्यसै भनेको होईन, उनले भने यसअघिका परिक्षामा पास भएका विद्यार्थीहरुले हजारौंलाई उछिनेर कोहि डाक्टर, कोहि इन्जिनियर लगायतका क्षेत्रमा स्कलरसिपमा पढिरहेकाले पुष्टि भईसकेको छ । उनले विद्यालयका काम विद्यार्थी बनाउने रहेकोले यस विद्यालयबाट उच्च कोटिका विद्यार्थीहरु उत्पादन हुन्छन् भननेमा हामीलाई विश्वास छ । उनले अभिभावकलाई भने, विद्यालयलाई साथ दिनस्, हामी विद्यार्थी बनाउने काम गर्छौं ।

अविभावकको तर्फबाट दिप्सन कोईरालाकी आमा सिमा कोईरालाले उतिर्ण हुने ९३ जना विद्यार्थीलाई वधाई दिदैं ११ र १२ को नतिजा आउँदा पनि यसरी नै खुसियाली मनाउन पाउने दिनहरु आउने बताइर्न । पढाईका लागि टिचरहरुको मेहनत निकै छ र हामी अविभावक पनि सचेत छौं । यसका लागि त्रिकोणात्मक सम्बन्ध हुन अति आवश्यक भएकोमा जोड दिईन ।

कोईरालाले भनिन्, कुमुदिनी होम्स गर्व लाग्ने विद्यालय रहेको विद्यालयमा २९ वर्षदेखि अध्यापन गराउँदै आएका भाईस प्रिन्सिपल मन बहादुर भुजेलले परिक्षा हुनु अघिको समयमा हामीले अविभावकसंग भनेको कुरा विद्यार्थीले सावित गरिदिएका छन् । ९३ जना विद्यार्थी सबैले उत्कृष्ट जिपिए ल्याउन सफल भएका छन् । हाम्रो हौसला, ओरियन्टेशन, पढाई लगायतका सबै कुराको संयोजनले नतिजा उत्कृृष्ट आएको बताए ।

भुजेलले भने, यो खुसि हाम्रो साझा खुसि हो । होस्टेमा हैसे गरियो भने सफलता संभव छ । विद्यार्थीका प्रत्येक पाईला महत्वपूर्ण छन् । ति पाईलाहरु चाल्ने असल विद्यार्थी बनाउन हामीले प्रयत्न गरिरहेका छौं । ग्रेड १२ सम्म राम्रा कुराहरुलाई दिमागमा भर्नुपर्ने र यसका लागि शिक्षकले दिने कुरामा कुनै कसर बाँकि नरहने उनले बताए । अझै मेहनत गरेर अगाडि बढ्नुपर्छ ।

नतिजा आएको एक हप्तामा सिट सुरक्षित गरिसक्नु पर्ने भएकोले उनले महानगर शिक्षा समितिले भनेको कुरालाई ख्याल राख्दै सिट सुरक्षित गर्न आग्रह गरे । भुजेलले विद्यालयमा कक्षा ११, १२ मा साईन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टका कक्षाहरु संचान भईरहेको बताए । उनले भने, हाम्रो क्षमता १२० सिट हो । समयमै भर्नामा पनि ध्यान दिनुहोला । विद्यालयले कुमुदिनीमा अध्ययन गरेका विद्यार्थीहरुले होटल म्यानेजमेन्ट कलेजमा अध्ययन गर्न चाहेमा विशेष छुटको व्यवस्था हुने पनि बताए ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सबै ९३ जना विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएकोमा गर्व लागेको बताए । हामीले भनिरहेको कुरा हो कि “सधैं उच्च लक्ष्य । हो त्यहि उच्च लक्ष्यका लागि हामीले पढाईरहेका विद्यार्थीहरुको नतिजाले पनि देखाईरहेको छ । हामीले शिक्षण सिकाईका लागि कुनै प्रकारको सम्झौता गर्दैनौं । पालिखेले भने, हामी विद्यार्थीका लागि केयरिङ र डियइरिङमा प्रतिवद्ध छौं र त्यो ग्यारेन्टि गर्छौं । अर्को कुरा अनुशासन र गुणस्तर बृद्धिका लागि कुनै सम्झौता हुँदैन ।

अध्यक्ष पालिखेले गण्डकीका ११ जिल्ला बाहेक लुम्बिनी लगायतका क्षेत्रबाट विद्यार्थीहरु आउने गरेको बताए । हामीले पढाईको साथमा विद्यार्थीलाई संस्कारयुक्त बनाउन विभिन्न खालका उत्प्रेरणाका कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए ।

उनले व्यक्तित्व तथा नेतृत्व विकासका लागि र उनीहरुलाई आत्मविश्वासी बनाउन प्रयार गरिरहेको बताए । यसैको एउटा सिलसिला अर्थात असार २४ गते आईतबार विद्यालयमा बिहान ११ वजेदेखि उत्प्रेरणा जगाउने कार्यक्रम तय भएको जानकारी दिए । सो सेसनमा उत्प्रेरक प्रभात रिमाल रहनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।