काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, “म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।”
उनले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारे । “हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ”, उनले भने ।
कांग्रेस नेता प्रदीप पौडेलले अहिलेकै अवस्था रहने हो भने आगामी निर्वाचन कांग्रेसले जित्न नसक्ने दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरुले जनताका पक्षमा काम गर्न आग्रहसमेत गरे । उनले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे ।
नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







