पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनमा स्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले एसईई दिएका विद्यार्थीलाई सम्मान गरेको छ ।
उक्त स्कुलबाट २०७९ सालको एस.ई.ई. परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये सबैजनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
हालै सार्वजनिक भएको एसईई नतिजानुसार ६ जना विद्यार्थीले ३.६० बाट ३.८० जि.पि.ए, १५ जना विद्यार्थीले ३.२० बाट ३.६० जि.पि.ए., १५ जना विद्यार्थीले २.८ बाट ३.२० जि.पि.ए. र बाँकी ६ जनाले २.५० बाट २.८० जि.पि.ए. प्राप्त गरेका गरेका छन् ।
कार्यक्रममा विद्यालयका प्राचार्य प्रेम प्रसाद शर्माले विद्यार्थीहरूलाइ बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरे । त्यसैगरि अभिभावक एवम् विद्यार्थीहरूले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवारप्रति आभार व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ रानाभाटको अध्यक्षतामा भएको सम्मान कार्यक्रम विद्यालयका पूर्व प्राचार्य नवराज रानाभाटले स्वागत गर्नुका साथै विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख सोमनाथ कडेलले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







