नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान


     एभरेस्ट आवाज    
     असार २६ गते २०८० मा प्रकाशित




काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको हो ।

नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।

सहभागी नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे र अञ्जली वाइवा छन् ।

मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई र दीपा शाही छन् भने फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल छन् । मुख्य प्रशिक्षकमा अनन्तराज थापा र सहायक प्रशिक्षकमा पारस चौधरी र गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।