पोखरा । गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै यही असार २९ गते शुक्रबार भानु जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने जानकारी गराएको हो ।
कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलद्वरा हस्ताक्षर गरिएको सुचनामा शुक्रबार प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहने जनाइएको छ ।
गत २०७९ चैत ८ गतेको गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश राजपत्रमा भानुजयन्तीका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







