काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो ।
आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर रू तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ मा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारपछि वित्त समूह ३९ दशमलव २० र होटल तथा पर्यटन समूह ५१ दशमलव ०८ अङ्कले घटेको छ । बढ्नेमा भने सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय छ दशमलव ८० र जलविद्युत् समूहकाृ उपसूचक एक सय दुई दशमलव ७२ अङ्कले बढेको छ ।
बैंकिङ ८ दशमलव ७७, विकास बैंक ३० दशमलव ८७, लगानी शून्य दशमलव ४० र जीवन बीमा ३८ दशमलव ९६ अङ्कले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ५९ दशमलव ४८, लघुवित्त समूह ७३ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव २६, व्यापार नौ दशमलव ०७ र अन्य समूह १६ दशमलव ०५ अङ्कले बढेको छ ।
शिवश्री हाइड्रोपावर लिमिटेड, सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेड, रिभर फल्स पावर लिमिटेड र लक्ष्मी इक्विटी फन्डको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३३ करोड ९३ लाख ५१ हजार र एक सय एक बराबरको पाँच लाख १८ हजार छ सय चार कित्ता शेयर किनबेच भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







