कविवर स्व तेजनाथ घिमिरेको कविता संग्रह बिमोचन


     एभरेस्ट आवाज    
     असार ३० गते २०८० मा प्रकाशित




पोखरा । अग्रज कवि तेजनाथ घिमिरेको कबिता संग्रह “तेजनाथ घिमिरेका कबिता” को पोखरामा लोकार्पण गरिएको छ । स्वर्गिय कबिवर घिमिरेको बार्षिक पुण्य तिथिको सन्दर्भ पारी शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, बिशेष अतिथि बरिष्ठ कलाकार दुर्गा बराल ”बात्स्यायान”, बिशेष अतिथि संस्कृतिबिद तीर्थ श्रेष्ठ, बिम्व कबि रमेश श्रेष्ठ, घिमिरे पत्नि र पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
बिमोचित कबिता संग्रहको डा जगन्नाथ रेग्मीले परिचर्चा गरेका थिए । कार्यक्रममा कविवर घिमिरेका छोरी इन्दु घिमिरे भट्टराई, नाति सहज घिमिरे लगायतले संग्रहका कबिता वाचन गरेका थिए ।
कार्यक्रम पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बि सं १९९६ साल असोज १ गते जन्मिएका कवि घिमिरेको गत बर्ष २०७९ साल असार ३२ गते ८३ बर्षको उमेरमा निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।