जहाज दुर्घटनामा ज्यान गुमाएका निरा छन्त्यालको परिवारलाई एनआरएनए अमेरिकाको सहयोग


     एभरेस्ट आवाज    
     असार ३० गते २०८० मा प्रकाशित




पोखरा, असार ३०

पोखरामा गत माघ १ गते भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । जहाज दुर्घटनामा ज्यान गुमाएकी छन्त्यालको परिवारलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले १ लाख ३९ हजार ७६ रुपैयाँ सहयोग प्रदान गरेको हो । त्यस्तै, डिसेम्वर ३१, २०२२ मा अमेरिकाको न्युयोर्कमा गाडी दुर्घटनामा परि मृत्यु भएका पोखराका मनोज थापाको परिवारलाईपनि एनआरएनए अमेरिकाले ५७ हजार ४५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । थापाको परिवारमार्फत सो रकम देवघाटमा सहयोग गरिने बताइएको छ ।

दुबै परिवारलाई शनिबार पोखरामा रकम हस्तान्तरण गरिएको एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले जानकारी दिए । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सिनासँगै एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्साललगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा एनआरएनए अमेरिकाका सदस्यहरुकोपनि उपस्थिति रहेको होटल व्यवसायी महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।